नेप्से साढे ५४ अङ्कले बढ्यो

काठमाण्डाै । हिजो ६१ अङ्कले बढेको शेयर बजार आज पनि साढे ५४ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र  जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकम पनि निकै बढेको छ । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज म्युचुल फन्ड समूहका केही कम्पनीको शेयर भने घटेको छ ।