
सुर्खेत । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र उनकी श्रीमती ३८ वर्षकी मेनुका राईको हिजो बेलुका मृत्यु भएको हो ।
राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

फरकबाटो ३ मंसिर २०७९, शनिबार १०:२६