शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ :  आयोग


सुर्खेत । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मत बदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् ।

बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन् । विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए ।