रुसी विदेश मन्त्रालयले भन्यो– लाभरोभ अस्पताल भर्ना भएका समाचार गलत हुन्

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बालीको अस्पतालमा भर्ना भएको खबरको खण्डन गर्नुभएको छ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जी–२० सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली पुगेका रुसी विदेश मन्त्रीलाई एक अस्पतालमा लगिएको बताएका थिए । तर रुसले यसको खण्डन गरेको हो ।

प्रवक्ता मारिया जाखारोभाले भन्नुभएको छ, ‘लाभरोभ र म इन्डोनेसियामा समाचार पढ्दैछौँ र समाचार पढ्दा अचम्मित भएका छौँ । समाचारहरू झुटको उच्चतमस्तरमा पुगेका छन् ।’

उहाँले सर्गेई लाभरोभले टेबलमा बसेर कुरा गरेको भिडियो पोस्ट गर्नुभएको छ । राष्ट्रपति पुटिन सहभागी नहुने घोषणा गरेपछि विदेशमन्त्री लाभरोभले जी–२० सम्मेलनमा रुसको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।