विश्वकपबाट बाहिरिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

सुर्खेत । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।

विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो ।

संघले एक विज्ञप्ती निकालेर लुइस एनरिक र उनको टिमलाई बर्खास्त गरेको जानकारी दिएको हो ।