जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभराेभलाई अस्पताल लगियाे

जी–२० सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई अस्पताल लगिएको छ । आज सोमवार उनलाई अस्पताल लगिएको इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले लेखेको छ ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्व गर्दै लाभरोभ हिजो आइतवार बाली पुगेका थिए । यसबारेमा इन्डोनेसियाका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका खबरमा उल्लेख छ ।