एजेन्सी । चीनले सिरियालाई झण्डै ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप चीनले पठाएको चामल प्राप्त गरेको सिरिया सरकारले जनाएको छ ।

सिरिया पछिल्लो समयमा द्वन्द्व तथा खडेरीको चपेटामा छ । त्यहाँ खाद्य संकट निम्तिएको छ । चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको थियो ।
पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा चामल प्रदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सहयोग हस्तान्तरण गरेका थिए ।

फरकबाटो ३ माघ २०७८, सोमबार १६:२३