प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई हरायाे, एस्टन भिल्लासँग ब्राइटन पराजित

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले १४औँ र इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गरे ।

फुलह्यामका लागि ६१औँ मिनेटमा डानिल जेम्सले गोल गरे । जितसँगै युनाइटेड १४ खेलमा २४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलह्याम १९ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

ईपीएल अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गाेलले पराजित गरेको छ । भिल्लाका लागि दुवै गोल ड्यानी इन्ग्सले गरे ।  ब्राइटन २१ अङ्का साथ सातौँ स्थानमा झरेको छ भने भिल्ला १८ अङ्कमा १२औँ स्थानमा उक्लेको छ ।