काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा आज भएको पुरुषतर्फको दौडमा सोमले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्।
सोमले यसअघि आफ्नै नाममा रहेको ४८ दशमलव २ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन्। एपीएफका आशिष चौधरीले रजत जित्दा आर्मीका प्रकाश दनुवारले कास्य हात पारे।
महिलातर्फ रमिताले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८ दशमलव १० सेकेन्डमा पूरा गरिन्। रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण हो ।
रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८ दशमलव ५ सेकेन्डको कीर्तिमान तोडेका हुन्। आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन्।

फरकबाटो १ कार्तिक २०७९, मंगलवार १०:०६