भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

सुर्खेत । भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ुल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।

भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ुरोभरु पुर्‍याउने पहिलो देश हुनेछ । किनभने अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिएको आफ्नो अभियानलाई सफल बनाउन आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । त्यस बेला भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो । भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान–३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।

चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बताएका बीबीसीले जनाएको छ ।