स्रोत नखुलेको २४ लाख रुपैयाँसहित धनुषाबाट १ जना पक्राउ

सुर्खेत । स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । धनुषाको विदेह नगरपालिका ९ इटहर्वाको सीमा इलाकामा भारतबाट आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।