पीएम कप : मधेस र बाग्मतीबीच राेमाञ्चक ‘टाई’

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेशले बराबरी खेलेका छन् । आज साेमवार कीर्तिपुर मैदानमा भएकाे खेलमा मधेस र बाग्मतीले राेमाञ्चक बराबरी खेल्दै एक/एक अङ्क बाँडेका हुन् ।

मधेस प्रदेशले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती चार बल बाँकी छँदै एक सय ९० रनमा अलआउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीले आठ विकेट गुमाएको अवस्थामा तीन रन चाहिएको थियो तर दुई रन बनाउँदै दुई जना खेलाडी आउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीका पृथु बाँस्कोटाले सर्वाधिक ४० रन बनाए । बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले तीन/तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेस प्रदेका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ बाग्मतीका सूर्य तामाङ र नवीन यादवले तीन/तीन विकेट लिए ।

याे बराबरीसँगै समूह ‘बी’ मा रहेकाे मधेस प्रदेश पाँच अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ । बल्ल खाता खोलेको बाग्मती तालिकाकाे पुछारमा छ ।