घाँस काट्ने क्रममा भीरबाट खसी एक युवक कर्णाली नदीमा बेपत्ता

सुर्खेत । हुम्लाका एक युवा कर्णाली नदीमा बेपत्ता भएका छन् । हुम्ला अदानचुली गाँउपालिका २ श्रीनगर बस्ने २८ वर्षिय बालकेश कुलाला कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

प्रदेश प्रहरीका अनुसार कुलाला आजिते भिरमा घास काट्ने क्रममा भिरबाट लडी कर्णाली नदीमा खसेका हुन् । बेपत्ता भएको खबर कुलालाका बुवा चक्र बहादुर कुलालाले प्रहरीलाई खबर गरेसंगै प्रहरी चौकी गल्फगार्डबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जना, प्रहरी चौकी श्रीनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ र प्रहरी चौकी मैलाकवाडीबाट प्रहरी सहायक निरीक्षकको कामण्डमा ५ जना गरी १७ जना प्रहरी टोली खोजी कार्यमा लागेको प्रहरीले जनाएको छ ।