एम्बुलेन्स दुर्घटना

सुर्खेत । दैलेख गुराँस गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स दुर्घटना भएको छ । सुर्खेत बिरामी छोडेर धरमपोखरा फर्किदै गरेको भे १ झ ३०१ नम्बरको एम्बुलेन्स दैलेख र सुर्खेतको सिमाना भिउचुला नजिक बिहान ३ बजे दुघटना भएको हो ।

प्रहरीका अनुसार एम्बुलेन्स करिब २ सय मिटर तल खसेको छ । एमबुलेन्समा चालक मात्रै रहेको र उनी सामान्य घाइते भएको लालिकाडाँ प्रहरी चौकी धरमपोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।