आसन्न निर्वाचनमा सुर्खेतबाट दुई लाख बढी मतदाताले मतदान गर्ने

सुर्खेत । आसन्न निर्वाचनमा सुर्खेतबाट दुई लाख ४७ हजार ७ सय ४० जना मतदाताले मतदान गर्ने भएका छन् । प्रदेश निर्वाचन आयोग सुर्खेतका अनुसार मतदान गर्नेमा एक लाख २० हजार एक सय १४ जना पुरुष मतदाता रहेका छन् भने एक लाख २७ हजार २६ जना महिला रहेका छन् ।

सुर्खेतमा मतदान स्थल चार वटा प्रदेश सभा र २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत जिल्लामा तिन थपिने र २ सर्न सक्ने प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार आसन्न हुने निर्वाचनमा एक सय ४१ मतदान स्थल पु¥याउने लक्ष्य रहेको छ ।

यस्तै यहि भदौ १२ गते देखि सूचना तथा मतदाता नामावली प्रकाशन छ । उक्त कार्यतालिका अनुसार प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढि स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न भदौ १३ गते देखि १५ गतेसम्म निवेदन दिन पाउने छ । उजुरी परेको अवस्थामा मतदातालाई प्रमाणसहित सफाईको मौका १३ देखि १६ गतेसम्महुने अधिकृत चालिसेले जानकारी दिए ।

यस्तै १ बमोजिम प्रकाशित मतदाता नामावलीमा मुत्यु भएका वा नागरिकता त्याग गरेको नाम मतदाता नामावलीबाट हटाउनको लागि १३ गते देखि १६ गतेसम्म सुचना दिइने छ । विवरणको आधारमा बसाइसरी अन्यन्त्र गएका मतदाताको हकमा जाँचबुझ गरी प्रमुख अधिकारीले हटाउने निर्णय गर्नेछ ।