कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री

काठमाण्डौ । कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई कोभिड–१९ सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन चार टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।

कतार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल(इब्राहिमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप अधिकारी ओमप्रसाद उपाध्याय र फार्मेसी अफिसर समिक्षा थापालाई हस्तान्तरण गरे ।

कतार सरकार तथा कतार फन्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड(१९ सँग लड्न सहयोग पुर्‍याउने विश्वास लिएको छ ।