काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको २ घण्टामा ८२.१३ अंकले घटेको छ । एक बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ८२.१३ अंकले घटेर २८३८.३८ को बिन्दुमा पुगेको छ । सो अवधीसम्म नेप्सेमा २.८१ प्रतिशतको गिरावट आएको हो ।

यस्तै, दुई घण्टामा २२३ कम्पनीको ८७ लाख ४९ हजार ४८९ कित्ता शेयर ५९ हजार ३७३ पटकको खरिदबिक्री हुदाँ ४ अर्ब ७५ करोड ७९ लाख बढीको शेयर कारोबार भएको छ । a

फरकबाटो १० माघ २०७८, सोमबार १४:००