इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाअनुसार बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गर्ने जनाएको छ।

यसअघि क्यापिटलले शुक्रबार बाँडफाँड हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ ।

यो हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ।

यो आईपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन्।

जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ।