श्रीमतीलाई गाडीले किच्ने चलचित्र निर्माता पक्राउ

काठमाडौं । महाराष्ट्रको अम्बोली प्रहरीले चलचित्र निर्माता कमल किशोर मिश्रालाई श्रीमतीलाई गाडीले किचेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले बिहीबार कमल किशोर मिश्रलाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कमल किशोर मिश्र आफ्नी श्रीमतीमाथि कार चढेको देख्न सकिन्छ । मिश्रकी श्रीमतीले आक्रमणमा टाउकोमा चोट लागेको दाबी गरेकी छन् । यस मामिलामा उजुरी दर्ता गरेपछि मिश्र विरुद्ध आईपीसीको धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

तर, अहिलेसम्म यस विषयमा कमल किशोर मिश्रको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । मिश्रको आईएमडीबी पेजका अनुसार उनले हालसम्म शर्माजी की लग गयी, भूतियापा, फ्ल्याट नं ४२० देहाती डिस्को र खलीबली छन्।
यससँगै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रणवीर कपुर, सञ्जय दत्तदेखि लिएर धर्मेन्द्रलगायतका बलिउड सेलिब्रेटीसँगका आफ्ना तस्बिरहरू सेयर गरेका छन् ।