असार १० मा घनचक्कर

काठमाडौं । कोरोनाको महामारी अघि नै छायाँकन भएको चलचित्र ‘घनचक्कर’ प्रदर्शनको लागि तयार भएको छ । यो चलचित्रको निर्माण टिमले फस्ट लुक्स (पोस्टर) सार्वजनिक गर्दै आगामी १० असारलाई रिलिज मिति तय गरेको छ ।

यो चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेवी डिसी, प्रवण भुसाल, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडललगायतको मुख्य भूमिका रहेको छ ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । समाजका विभिन्न समस्यालाई आफुले यो चलचित्रमा उतारेको निर्देशक जितेन्द्रको कथन छ । हरि भट्ट, सुर्यनाथ प्रस्तुतकर्ता रहेको हस्या प्रधान यो चलचित्रको निर्मातामा करुना अर्याल, संगम भट्ट, सह निर्मातामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई रहेका छन् ।