विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने

काठमाडौं । देशका विभिन्न विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने भएको छ। लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के।सी।, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले प्रस्तुती दिनेछन् । गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा साउन २२ गते, विराटनगरमा साउन २३ गते र धरानमा श्रावण २४ गते हुने छ ।