दुई लाख बढीको पटका नष्ट


सुर्खेत । सप्तरी प्रहरीले २ लाख बढीको पटका नष्ट गरेको छ । प्रहरीले विभिन्न ठाउँ र समयबाट ठूलो परिमाणमा पटका नष्ट गरेको हो ।

सप्तरीको छिन्नमस्ता, बोदेबरसाईन, विष्णुपुर, बलान बिहुल, खडक, हनुमानगर कङ्कालिनी, डाक्नेश्वरी, अग्निसाइर कृष्णसवरण लगायतका ठाउँबाट भारतबाट अवैधरूपमा ल्याएको दुई लाख ४५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

कार्यालयका अनुसार बरामद गरिएका नागिन, फुलझेरी, छुरछुरी, आलु बम, रकेट बम, चक्र, आकाशे बम लगायतका पटाका नष्ट गरिएको हो । सप्तरीको सीमावर्ती नाकाहरूबाट जिल्लामा बिस्फोटक पर्दाथहरू भित्र्याइएको स्थानीयवासीहरुको भनाइ छ ।