४ लाख घुस सहित झापाका ३ कर्मचारी पक्राउ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका ३ कर्मचारीलाई ४ लाख घुस सहित पक्राउ गरेको छ । आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमकमा कार्यरत आयोजना व्यवस्थापकसहित ३ कर्मचारीलाई पक्राउ गरेको हो ।

आयोगको केन्द्रिय कार्यालय टंगाल र इटहरी स्थित शाखा कार्यालयबाट खटिएको सयुक्त टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जनकारी दिएका छन् । दाहालका अनुसार आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।