
सुर्खेत । कर्णालीमा बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सडक तथा सवारी साधन आगमनमा अवरुद्ध गर्न खोजेको भन्दै उनीहरुलाई गरिएको हो ।
प्रहरीले रुकुमपश्चिममा १३ र सुर्खेतमा सात जना पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज देशभर बन्द आह्वान गरेको छ । मुगुमा भने आगलागी भएका कारण बन्द फिर्ता लिएको छ ।

फरकबाटो ३० कार्तिक २०७८, मंगलवार १३:५५