काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फको २०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण जित्दा महिलातर्फ लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितेकी छिन्।

शिवराजले निर्धारित दूरी २१.९१ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा एपीएफकै आशिष चौधरीले २२.५ सेकेण्डको समय निकाल्दै दोस्रो बने। त्रिभुवन आर्मी क्लबका युवराज विक २२.०५ सेकेण्डको समय निकाल्दै तेस्रो बने। ठौंँ राष्ट्रियमा १०० र २०० मिटर दुवैमा आशिषले स्वर्ण जितेका थिए। शिवराजको यो तेस्रो स्वर्ण हो। यसअघि उनले १०० मिटर र ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जितेका थिए।
यसैगरी निशाले २०० मिटरको निर्धारित दूरी २५.२४ सेकेण्डको समय पूरा गर्दै स्वर्ण जितिन्। उनी १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीसँग पछि परेकी थिइन्।
तर २०० मिटरमा भने उनले सरस्वतीलाई पछि पारेकी थिइन्। सरस्वती भने २५ ९५ सेकेण्डको टाइमिङसहित रजत हात पार्दा पुलिसकी लक्ष्मी साउदले २६५२ सेकेण्ड टाइमिङ सहित कास्य हात पार्न सफल रहिन्।

फरकबाटो ३ कार्तिक २०७९, बिहीबार १०:३७