आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।

छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । नेपाल र कतारबीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

नेपाली टोली –

कृतिका मरासिनी, स्नेहा महरा,श्रीष्टि जैशी, मनिषा उपाध्याय,मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ,आश्मा पुलामी मगर,सानु राजवंशी,किरण कुँवर,अन्जली बिक,अनु कडायत,सुष्मिता भुसाल