काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियाले जित निकालेको छ । कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो ।
तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले ३-२ गुमाएको छ । श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै मार्नुस ३१ रन जोड्दा क्यामरुन ग्रीनले अविजित २५ रन बनाए ।
श्रीलंकाका दिनुथले ३ तथा महिस थिकसनाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।
श्रीलंकाका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २६ रन जोडे । अष्ट्रेलियाका जोश हाजलउड, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए ।


फरकबाटो ११ असार २०७९, शनिबार ११:४९