पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगितामा विभागीय एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
पुरुष फुटबल प्रतियोगिताको सोमबार दिउँसो भएको समूह (बी) को खेलमा एपिएफले बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा बागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु परेको हो। पहिलो हाफको इञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई शुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन।
खेलको ६५ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए। त्यसको एक मिनेटपछि अर्थात् ७६ औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफको जित सुनिश्चित गरेका थिए।
फरकबाटो ३१ आश्विन २०७९, सोमबार १६:१८