उम्मेदवारी फिर्ता नलिने कांग्रेसका बागी ५ वर्षलाई निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई निष्काशन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार र निजको प्रस्तावक तथा समर्थकलाई निस्कासन गरिएको उल्लेख छ।

कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर निष्काशनमा परेकाहरुको नाम भने कांग्रेसले सार्वजनिक गरेको छैन।