ओलीको उम्मेदवारी खारेज

सुर्खेत । रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

सरकारवादी फौजदारी बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं। २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेको थियो ।

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो । उजुरीमाथि छानबिनपछि आयोगले उम्मेदवारी खारेज गरेको हो ।

गठबन्धनको भागवण्डा अनुसार यो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । तर माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।