स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुखलाई मोसो र जुत्ताको माला

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) निकट युवा संगठनले जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख टिकाराम जैशीलाई मोसो दलेको छ ।

सोमबार एक विज्ञप्ती जारी गरी कार्यकक्षमै गई जनकार्रवाही गरिएको जानकारी दिएको हो । जेशीलाई मोसो दली जुत्ताको माला लगाइएको हो ।
स्वास्थ्य क्षेत्रमा अनियमितता गरेको भन्दै उनलाई कार्रबाही गरिएको संगठनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस विषयमा बोल्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले कानुनको बाटो हुँदा–हुँदै कर्मचारीलाई मोसो दल्ने र जुत्ताको माला लगाउनेहरुलाई कार्रबाहीको दायरामा ल्याउने बताएको छ ।