समाजसेवी जयन्तीले खुवाइन् साझा घरका बालबालिकालाई दर

सुर्खेत । अमेरीकामा बस्दै आएकी समाजसेवी जयन्ती थापाले साझा घरका बालबालिकालाई दर खुवाएकी छन् । वीरेन्द्रनगर ४ को साझा घरमा रहेका ५९ जना बालबालिकालाई दर खुवाउनका लागि उनले केही नगद रकम नेपाल पठाएकी थिइन् ।

सोही रकमले आज बालबालिकालाई दर खुवाइएको गिता वलीले जानकारी दिइन् । उनले आँफुलाई समन्वयका लागि आग्रह गरिएको सुनाइन् । वलीले समेत बेला बेला साझा घरलाई सहयोग जुटाउँदै आएकी छन् ।

साझा घरका बालबालिकालाई दर खुवाउने कार्यक्रममा वीरेन्द्रनगर ४ का वडा अध्यक्ष शेरबहादुर केसी र वडा नं १ का वडा अध्यक्ष दिनेश खत्री सहित थापाका बुवा धर्मजङ थापा र आमा पार्वती थापा सहभागी रहेका थिए ।

कार्यक्रममा बोल्दै वडा नं १ का वडा अध्यक्ष दिनेश खत्रीले आगामी दिनमा साझा घर नेपाललाई वडा मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालमा सहयोगी भावना जगाउनका लागि आँफु निरन्तर यो अभियानमा जुटेको जयन्ती थापाले बताईन् । ‘असाहयहरुलाई सहयोग गर्नुपर्छ ’ उनले भनिन् “दुख परेकाहरुलाई सहयोग गर्नुनै जिवनको ठुलो उपलब्धि हो ।”

आँफुले कमाएको रकमबाट थोरै फजुल खर्च कटाएमात्रै धेरैका भोका पेट र नाङ्गा शरीर ढाकिने उनले सुनाईन् ।

लामो समयदेखी अमेरीकामा बस्दै आएकी समाजसेवी जयन्ती थापाले नेपालका थुप्रै जिल्लाका बालबालिकाहरुलाई चार्डवार्डमा मात्रै होइन उनीहरुलाई उच्च शिक्षा सम्म पढाउने र उपचार खर्चको समेत जिम्मा लिएकी छन् ।

समय समयमा विभिन्न क्षेत्रमा असाहयहरुलाई उपचार, खाद्यन्न सहयोग तथा लत्ताकपडा समेत सहयोग गर्दै आएकी छन् ।