पछिल्लो समय एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच निरन्तर भेटघाट

सुर्खेत । पछिल्लो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय निरन्तर भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुगेका हुन् । भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको चुनावलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको चुनाव पर्सि बुधवार हुँदैछ । चुनाव नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको छ । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन । यस्तै, राष्ट्रपति पनि कसलाई बनाउने भन्ने सहमति भइसकेको छैन ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो ।

पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका गरेका दाहालले त्यही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । तर मन्त्री भएका चार जनाले अझै मन्त्रालय पाएका छैनन् ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले सत्ता गठबन्धनको भविष्य के होला भन्ने टीकाटिप्पणी समेत सुरु हुन थालेको छ ।