दैलेखमा खोलाले बगाउँदा एकजना बेपत्ता

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ८ मा एकजनालाई खोलाले बगाएको छ ।

३२ वर्षीय गम दमाईलाई आठबिस नगरपालिका १ चिनेखोलाले बिहिबार बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । घरदेखी बजार जाने क्रममा उनलाई खोलाले बगाएको हो ।