गठबन्धनको बैठक बस्दै

सुर्खेत । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने तयारी भएको बैठक ११ बजे बस्नेछ ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए ।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी केही रुष्ट छन् । हिजो अबेर सम्म कांग्रेस र जसपा छलफलमा बसिरहेका थिए । अहिले सम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ ।