कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्।

राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। भोलि नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।