सुर्खेत । सत्ता गठबन्धनको सिट भागबण्डा नमिलेपछि आज बसेको बैठक फेरी भोली बिहान बस्ने भएको छ । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।
सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।
आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।
कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न नसकेको हो । देशका विभिन्न स्थानमा गठबन्धन भित्रैका पार्टीहरुमा सिटमा भागबण्डा नमिलेपछि गठबन्धनको बैठक भोली बस्ने भएको हो ।
फरकबाटो १७ आश्विन २०७९, सोमबार २१:०४