सुर्खेत । असारको पहिलो साता शेयर बजार बढ्ने क्रम जारी छ । बिहिबार सामान्य अंकले बढेको शेयर बजार आइतबार भने हवात्तै बढेको छ । आज नेप्से परिसुचक ५२ दशमलव २६ अंकले उकालो लागेको छ । परिसुचक २ दशमलव ५६ प्रतिशतले बढेर २०९४ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगैँ ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १८ अंकले बढेको छ ।
आज दिनभरमा ७० हजार ६ सय ४७ कारोरबारबाट २८० कम्पनीका १ करोड २० लाख ९५ हजार ९ सय ६६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज दिनभरमा भएको सम्पूर्ण कारोबार रकम ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ पुगेको छ ।
आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
फरकबाटो ३ असार २०८०, आईतवार १७:१८