काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका हुन् । बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा झरेका छन् ।
दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।

फरकबाटो ५ आश्विन २०७९, बुधबार १५:२२