अष्ट्रेलियासँग खेल्ने न्युजिल्याण्डको टोली घोषणा

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि न्युजिल्याण्डले टोली घोषणा गरेको छ । न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।

न्युजिल्याण्ड र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ। न्युजिल्याण्ड र अष्ट्रेलियाबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय सेप्टेम्बर ६ मा रहेको छ ।

दुई टोलीबीच सेप्टेम्बर ८ मा दोस्रो र सेप्टेम्बर ११ मा तेस्रो एकदिवसीय खेल हुनेछ ।