डा. केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं । सत्याग्रहमा बसिरहेका प्र.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ।

केसीलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। उनका अनुसार‚ काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर कैलालीतर्फ उडिसकेको र त्यहाँ पुग्न बित्तिकै काठमाडौं पठाइनेछ।

सेती प्रादेशिक अस्पताल धनगढीले केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई आन्तरिक रक्तस्रावको शङ्का भएकाले थप जटिलता हुन नदिन बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह गरेको छ। अस्पतालका अनुसार‚ केसीलाई टाउको दुख्ने‚ रिंगटा लाग्ने‚ सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबढी तथा रक्तचाप घट्दै गएको छ।

डा। केसी चिकित्सा शिक्षा सुधारको माग राखी नौ दिनदेखि अनशनमा छन्। यो उनको २०औं अनशन हो।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघद्दद्दटड