४८ दलले दर्ता गराए उम्मेदवारको बन्दसुची


सुर्खेत । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधि सभामा समानुपातिकको संख्या १ सय १० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।

प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको आयोगले बताएको छ ।