एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल र उपनेतामा थापा चयन

सुर्खेत । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कञ्चनपुरबाट निर्वाचित राजेन्द्रसिंह रावल चयन भएका छन्। शनिबार बिहान बसेको प्रदेश संसदीय दलको पहिलो बैठकले रावललाई संसदीय दलको नेतामा चयन गरेको हो।

रावल कञ्चनपुरबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै, दलको उपनेतामा सन्तोष थापा (छाया) चयन भएकी छन्।

थापा पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत् कैलालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।