
सुर्खेत । नेकपा एमालेको प्रस्तावित केन्द्रीय सदस्यमा विभिन्न कलस्टरबाट कर्णालीका २१ जना परेका छन् । ३०१ जना केन्द्रीय सदस्य मध्य कर्णालीका २१ जना परेका हुन् ।
चितवनमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा कर्णालीका २१ जना परेका हुन् ।
तर सर्वसम्मतीको आधारमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष ओलिले तयार पारेको सूचिलाई अनुमोदन गरिएको छ । यद्यपी कसैलाई चित्त नबुझेको अवस्थामा निर्वाचनमा जान सक्ने छन् । निर्वाचन प्रक्रिया पनि सूरु भइसकेको छ ।
तर पदाधिकारीमा भने कर्णालीमा एक जना पनि परेका छैनन् । कर्णालीले एक जना पदाधिकारी माग्दै आएको थियो । कर्णालीबाट यामलाल कंडेलले सचिवमा दाबी समेत गरेका थिए ।
कर्णालीबाट विभिन्न कलस्टरबाट केन्द्रीय सदस्यमा अनुमोदन भएका केन्द्रीय सदस्य
१) यामलाल कँडेल
२) गोरखबहादुर बोगटी
३) नवराज रावत
४) दल रावल
५) सिपी घर्तीमगर
६) मोहन बानियाँ
७) धर्मराज रेग्मी
८) निरज आचार्य
९) गुलाबजंग शाह
१०) विष्णु रिजाल
११) डम्बर वहादुर सिंह
१२) नेशनल शाही
१३) मिना रखाल
१४) तीर्था गौतम
१५) मोहनमाया ढकाल
१६) भैरवसुन्दर श्रेष्ठ
१७) राजबहादुर बुढा
१८) लक्ष्मी पोखरेल
१९) दक्षिणा शाही
२०) सूर्यकुमारी श्रेष्ठ
२१) दीपा शर्मा रुपाखेती

फरकबाटो १३ मंसिर २०७८, सोमबार १०:२९