भारतविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् । सुरुआती-११ मा नियमित फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् ।

प्रिती राईले सुरुआती-११ मा खेल्ने छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल ५:३० बजे सुरु हुनेछ ।

नेपालको सुरुआती-११

एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ

May be an image of text that says 'SAFF WOMEN'S CHAMPIONSHIP 2022 STARTING UST HEAD COACH KUMAR THAPA NEPAL ANJILA TUMBAPO SUBBA (C) GITA RANA PUNAM JARGHA MAGAR AMRITA JAISHI HIRA KUMARI BHUJEL ANITA BASNET SARU LIMBU DIPA SHAHI ANITA KC PREETI RAI RASHMI KUMARI GHISING INDIA SUBSTITUTES ANJANA RANA MAGAR(GK) USHA NATH (GK) BIMALA B.K NISHA THOKAR SAMIKSHA GHIMIRE INDIRA RAI MANJALI YONJAN BIMALA CHAUDHARY DIPA RAI REKHA POUDEL AMISHA KARKI SABITRA BHANDARI SAFF WOMEN'S CHAMPIONSHIP 2022'