दिपेन्द्र आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । पुरुषतर्फको मनोनयनमा दिपेन्द्रसँगै युनाईटेड अरब इमिरेट्सका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर रहेका छन् ।

ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिता अन्तर्गत १ सय ५९ रन बनाउनुका साथै ६ विकेट समेत हात पारेका थिए ।

त्यस अघि नेपाल, युएई, ओमान र आरल्यान्ड सम्मिलित चारदेशीय टी–ट्वान्टी सिरिजमा समेत ३ खेलमा १ सय ४२ रन बनाउनुका साथै आयरल्यान्डविरुद्धको खेलमा चार विकेट हात पारेका थिए । प्लयेर अफ द मन्थ विजेता भोटिङको आधारमा छनोट हुनेछन् ।