पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज शुक्रबार चौंथो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल आज युगान्डालाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहने छ । नेपाल सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।

पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ । बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगाबै जितेको हो ।

यता, युगान्डा भने नेपाललाई लगातार चौंथो खेलमा हराउने योजनामा रहेको छ ।

युगान्डा नेपालविरुद्ध क्लिन स्विप गर्ने योजनामा रहेको छ । त्यसैले युगान्डा चौंथो खेलमा पनि जित निकाल्न चाहन्छ ।

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।