सनराइज बैंक लिमिटेडको शाखारहित सेवा वीरेन्द्रनगर १० मा पनि

सुर्खेत । सनराइज बैंक लिमिटेडको शाखारहित सेवा सुर्खेतको बिरेन्द्रनगर वडा नं १० मा पनि सुरु गरिएको छ । यस अघि बिरेन्द्रनगर नगरपालिकाको वडा नं १४ गोठिकाँडा बाट दिइ रहेको बैँकले आफ्नो दोस्रो शाखारहित सेवा कार्यालय बिरेन्द्रनगर १० मा संचालनमा गरेको हो ।

बैंकले बिरेन्द्रनगर १० मा खोलेको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा तिर्था कुमारि डांगि लाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष डिल बहादुर रखालले बैकिङ सेवा लिनका लागि १० नं वडा बासिले अब देखि बजार धाउनुपर्ने अबस्थाको अन्त्य भयको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष रखाल आफैले सनराइज बैकमा खाता संचालन गर्दै अब सम्पुर्ण वडाबासिले बैकिङ सेवा लिन सनराइज बैकमा नै खाता खोलि बैकिङ सेवा लिन आग्रह गरेका छन् ।

कार्यक्रम सनराइज बैकका कर्णाली प्रदेश प्रमुख धर्म कुमार बिस्टले बैकले प्रदान गर्ने सेवा बारे प्रस्ट पारेका थिए ।

शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि तिर्था कुमारि डांगि लाई पोइन्ट अफ सेल मेसिन १० नं वडा अध्यक्ष रखाल, बैकका कर्णाली प्रदेश प्रमुख धर्म कुमार बिस्ट र बैंकका शाखा प्रवन्धक सुस्मा गिरिले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने प्रबन्धक गिरिले बताए ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बिरेन्द्रनगर १४ मा शाखारहित बैकिङ सेवा संचालन गर्दै आएका एजेन्ट नवराज रोकायले बताए ।

कार्यक्रममा बिरेन्द्रनगर १० का स्थानियबासीहरु तथा ब्यबसायीहरु समेतको बाक्लो उपस्थिती रहेको थियो।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।