काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महसचिव किरण राई लगायत एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।
भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

फरकबाटो ३० भाद्र २०७९, बिहीबार १५:०४