काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको चारदिने औपचारिक भ्रमण सकी स्वदेश फर्किएका छन्।

बिहीबार विशेष विमानबाट उनी चीन प्रस्थान गरेका हुन्। लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले विदाइ गरे।
चार दिने नेपाल बसाइका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरेका थिए।
भेटका क्रममा उनले नेपालमा बढेको अमेरिकी गतिविधि तथा चीनको सुरक्षाबारे चासो व्यक्त गरे। नेपाली नेताहरूले एक चीन नीतिको पक्षमा अडिग रहेको दोहोर्याए।
भेटमा नेपालका नेताहरूले यसअघिका सम्झौता कार्यान्वयन, नाकामा रोकिएका सामान ढुवानीमा सहजता, द्विपक्षीय व्यापार र लगानी लगायतका विषय उठाए।
नेपाल बसाइका क्रममा अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण परियोजनाको अवलोकन पनि गरे।
उनी सभामुख सापकोटाको औपचारिक निमन्त्रणामा अध्यक्ष उनी सोमबार नेपाल आएका थिए।

फरकबाटो ३० भाद्र २०७९, बिहीबार १०:२६